काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले त्रिभुवन विश्वविद्यालय किन सधै बन्द हुन्छ भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले त्रिभुवन विश्वविद्यालय किन सधै बन्द हुन्छ भन्दै सरकारले किन यसलाई नियमित संचालन गर्न सक्दैन भन्दै प्रश्न उठाएका हुन् ।
भण्डारीले सरकारए नेपाली युवाहरु पढ्नका लागि बाहिर पठाउन दलालहरुसँग मिलोमतो गरि नेपालमा पढ्न नदिएको समेत आरोप लगाए । उनले भने- 'मेरो भनाई झुठो होस् । यहाँ तलदेखि माथिसम्म नेपाली युवाहरु बाहिर जाउन, नेपालमा नपढुन् भनेर दलालहरुसँग मिलेर यहाँ खोलिदैन । प्राइभेटमा ३/४ वटा छन् । हाम्रा युवाहरु यति राम्रा छन्, रोबट यिनैले बनाउँछन् । कम्प्युटर यिनैले बनाउँछन् । १२ कक्षा पढेका बच्चाहरुले आइटीमा यो काम गरिराखेका छन् । तर हामीले खोलिदिएनौं । हामीले यसलाई स्वीकृति दिएनौं ।'
भण्डारीले देशमा बेथिति बढेको यसमा अब ठोस पहल गर्नुपर्ने समय आएको भन्दै सभामुखले सरकारलाई रुलिङ गर्न समेत माग गरे । उनले नेताहरु काम छाडेर विदेश भ्रमणमा मस्त भइरहेको आरोप लगाए । उनले भने- 'नेपालको सम्पत्ति बाहिर गइराखेको छ । हाम्रा नेताहरु भाषण गर्छन् । विदेश घुमेको देख्छु मैले । यहाँ यत्रो काम छ, मलाई त थाहा छैन, यिनीहरु मंगल ग्रहमा विकास गर्न जाँदैछन् कि ?'
सांसद भण्डारीले नेपालमै वातावरण बनाएर युवाहरुलाई रोक्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया