×

विद्युत् महसुल पुनरावलोकन गरिने, बिजुली खपत बढाउने, ग्यास खपत कम गरिने

images

 सरकारले विद्युत् महसुलमा पुनरावलोकन गर्ने भएको छ । आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विद्युत् खपत बढाउन र ग्यासको खपत कम गर्न विद्युत् मसहुलको पुनरावलोकन गरिने बताउनुभयो । 

यस्तै विद्युत् उत्पादन, प्रसारण र वितरणको संयोजन गर्ने, विद्युत् खपत गर्ने र धेरै भएको निर्यात गर्ने, जलाशययुक्त आयोजना निर्माणलाई प्राथमिकता दिने उल्लेख छ । 

दुई वर्षभित्र सबै पालिकामा विद्युतीकरण गर्न लगानी वृद्धि गरिने, विपन्न वर्गका लागि निःशुल्क विद्युत् मिटर जडान गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 

मङ्गलबार १० जेठ २०७९ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया