काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति परिवर्तन भएको छ । यसअघि असार १५ गते आइतबार दिनको १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो । उक्त बैठक विशेष कारणवश सरेको कांग्रेसले जनाएको छ ।
अर्को बैठक असार १६ गते सोमबार १ बजे बस्ने बताइएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया