काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले द्वन्द्वरत मुलुक इजरायल र इरानमा रहेको नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको बताएकी छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले इजरालय र इरानमा रहेका नागरिकहरुलाई उच्च सुरक्षा शतर्कता अपनाउन भनिएको र आफू निरन्तर इजरायलका लागि नेपाली राजनदूत धनप्रसाद पण्डित सम्पर्कमा रहेको बताईन् ।
‘परराष्ट्र मन्त्रालयले हाल इजरायल र इरानबीच उत्पन्न द्वन्द्व र यसको सम्भावित प्रभावलाई अत्यन्त गम्भीरताको साग लिँदै ती क्षेत्रमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकताको साथ राख्दै कार्य गर्दैआइरहेको यहाँहरुलाई पनि सर्वविदित नै होला’ उनले भनिन्, ‘१३ जून देखि नै हामीले प्रेस विज्ञप्ति जारी गर्यौं । त्यसपछि १५ जुनमा हामीले प्रेस एड्भाइजरी पनि जारी गरेर हाल इजरायल तथा इरानमा रहनुभएका नेपाली नागरिकलाई सुरक्षको दृष्टिकोणले अधिकतम् शतर्कता अपनाउन अनुरोध गरिरहेका छौं । हरेक दिनजासो बेलुकका म हाम्रो महामहिम धनप्रसाद पण्डितज्यूसँग मेरो फोनमा पनि सम्पर्क हुन्छ ।’
त्यसबाहेक इजिप्ट, कतार, पाकिस्तानमा रहेका राजदूतहरुसँग पनि आफू निरन्तर सम्पर्कमा रहेको र नेपाली नागरिकहरुको सुरक्षाको बारेमा कुराकानी हुनेगरेको उनले बताईन् । आईएलओ र आईओएलसँग पनि नेपाली नागरिकको सुरक्षाका सन्दर्भमा निरन्तर छलफल भइरहेको उनको भनाइ छ । उनले जून १७ देखि अनलाइन प्रोटल खोलेर नेपाली नागरिकहरुको विवरण लिन सुरु गरिएको बताईन् । उक्त प्रोटलमा हालसम्म ८८५ जनाले आफ्नो विवरण दर्ता गरेको उनले बताईन् ।
अहिले इरानमा १६ जना नेपाली नागरिक रहेको पनि उनले बताईन् । भारतले अहिले प्लेन पठाएर इरानबाट आफ्नो नागरिकको उद्दार गरिरहेको उनले बताईन् । भारतले सो क्रममा नेपालीहरुलाई पनि ल्याइदिने प्रतिवद्धता व्यक्त गरेको उनले बताईन् । इरानमा रहेका १६ जना मध्ये ११ जना अहिले मसाद भन्ने ठाउँमा पुगेको र उनीहरुको भोलि उद्दार गरेर भारतसम्म आइपुग्ने उनले बताईन् ।
साथै, गैरकानूनी रुपमा गएका पाँच जना नेपाली युवाहरु जेलमा रहेको पनि उनले बताईन् । उनीहरुलाई पनि यही मौका पारेर रेक्यू गरेर ल्याउने सकिन्छ कि भनेर प्रयत्न गरिहरहेको उनले बताईन् ।
प्रतिक्रिया