×

निर्वाचन स्वच्छ र निष्पक्षरुपमा गराइनेछ : गृहमन्त्री खाँण

images

गृहमन्त्री बालकृष्ण खाँणले शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । पार्टीको शिवराज नगरपालिका समितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सिङ्गो देश अब निर्वाचनतर्फ केन्द्रित हुने र निर्वाचनका लागि आवश्यक सबै सुरक्षा प्रवन्ध तय गरिएको स्पष्ट पार्नुभयो । 

गृहमन्त्री खाँणले निर्वाचनमा पार्टी नेता कार्यकर्ता र मतदाताले रुचाउने व्यक्तिलाई टिकट दिनुपर्ने बाध्यता रहेको र त्यो गाह्रो काम भएको बताउनुभयो । उहाँले चैत ११ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकले वर्तमान गठबन्धन सरकारमा रहेका राजनीतिक दलबीच तालमेल गरेर अगाडि बढ्ने विषयमा छलफल हुने बताउनुभयो ।

नेपाली कांग्रेसका तर्फबाट आवधिक निर्वाचनमा विभिन्न पदमा टिकट पाउने सर्वाेत्कृष्ट र नपाउने अयोग्य भन्ने छुट कसैलाई नभएको बताउनुभयो । पार्टीमा व्यक्ति धेरै हुने र निर्वाचनमा पद थोरै हुने भएकाले जसले टिकट पाउँछ उसैलाई सहयोग गरेर पार्टीलाई जिताउनुपर्ने बताउनुभयो । उम्मेदवार हुने चाहाना राख्दै तयारी गर्नभन्दा उम्मेदवार छान्न काम जटिल भएको बताउनुभयो ।
 

बुधबार ९ चैत २०७८ ११:५९ PM मा प्रकाशित

प्रतिक्रिया