×

कर्णाली प्रदेश सरकारबाट बाहिरियो माओवादी, मन्त्रीहरूले दिए राजीनामा

images

सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् ।

प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन्। माओवादीको तर्फबाट अर्थ मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै कर्णाली प्रदेश सरकारका माओवादी मन्त्रीहरूले राजीनामा  दिएका हुन्। 

उनीहरूले आजै मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउने बताएका छन्। मन्त्री रावत, शाही र केसी गत वैशाख १८ गते मंगलबार मन्त्रीमा नियुक्त भएका थिए। यस्तै यसअघि नै बिनाविभागीय मन्त्री बनेका परियारले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको जिम्मा पाएका थिए।

सोमबार ७ साउन २०८१ ११:३० AM मा प्रकाशित

प्रतिक्रिया