×

गौशालामा एकैपटक ८ वटा सवारीसाधन ठोक्किँदा तीन जना घाइते

images

काठमाडौं । काठमाडौं महानगरपालिका-८ गौशालामा आठ वटा सवारी एक आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

गौशालाबाट तिलगंगातर्फ जाँदै गरेको बा५ख ६७३५ नम्बरको बाबा गोकर्णेश्वर यातायातको बस अनियन्त्रित भएर दुर्घटना हुँदा आठ सवारी एक आपसमा ठोक्किँएका हुन्। बसले बा५ख ७३१ नम्बरको माइक्रोबस, बा.प्र-०१-०२६ च ८५७६ नम्बरको कार, बी एसी ९७७३ नम्बरको कार, बा १६ च ४४५२ नम्बरको कार, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल, बा ५१ प २२ नम्बरको मोटर साइकल, बा.प्र-०२-०४६ प ४८१९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

दुर्घटनामा बा ५१ प २२ नम्बरको मोटरसाइकलका चालक धादिङ ज्वालामुखी गाँउपालिका–१ घर भई टोखा बस्ने वर्ष ३२ को राजकुमार श्रेष्ठ, बा ५१ प २२ नम्बरको मोटरसाइकल पछाडि सवार नुवाकोट टाडी गाँउपालिका–२ का २२ वर्षीय विकाश कट्टेल, प्र-२-०१-००३ प १००५ नम्बरको मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका– ५ का ३७ को शैलेन्द्र राई घाइते भएका छन्।

दुर्घटनाका घाइतेहरूलाई उद्धार गरेर केएमसी अस्पताल पठाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहोराले जानकारी दिए। अनियन्त्रित बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

बुधबार ८ जेठ २०८२ ०४:३७ PM मा प्रकाशित

प्रतिक्रिया