×

भरतपुरमा रेनुको अग्रता ६ हजार नजिक

images

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो अग्रता ५७३३ मत पुर्‍याएकी छिन्।

हालसम्म गणना भएको ७६०९५ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनुले २९४७८ मत पाएकी छन्। सत्ता गठबन्धनतर्फबाट माओवादी केन्द्रकी मेयर उम्मेदवार दाहालले आफ्नो अग्रता ५७३३ मत पुर्‍याएकी हुन। 

हालसम्म गणना भएको ७६०९५ मत मध्ये रेनुले २९४७८ मत पाएकी छन्। यससँगै उनले साढे ५ हजारभन्दा बढीको मतान्तर कायमै राखेकी छन् ।

७६ हजार ९५ मतगणना हुँदासम्म दाहालले २९ हजार ४७८ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २३ हजार ७४५ मत पाएका छन् साथै बागी  उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत पाएका छन् । रेनुले ५ हजार ७३३ मतको अग्रता लिएकी छिन् ।

शनिबार ७ जेठ २०७९ ०३:१४ PM मा प्रकाशित

प्रतिक्रिया