×

प्रधानमन्त्री प्रचण्डले पाएको विश्वासको मत अस्थाई हो- ठाकुर गैरे

images

काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले प्रधानमन्त्री प्रचण्डले पाएको विश्वासको मत अस्थाई भएको बताएका छन् । सोमबार प्रधानमन्त्रीले विश्वासको मत पाएपछि विपक्ष दलका नेता गैरेले प्रचण्डमाथि विश्वास गर्ने आधार नै नभएपछि विपक्षमा मतदान गरेको बताएका हुन् । 

‘हामीले त उहाँलाई विश्वास गर्ने ठाँउनै थिएन् । हिजो प्रधानमन्त्री बन्दा  हामीसंग जुन प्र्रतिवद्धता गर्नु भएको थियो त्यो प्रतिवद्धतामा नै उहाँ रहनुभएन, भने विश्वास गर्ने आधार थिएन्  । त्यसैले विपक्षमा मतदान गरेका हौं । विश्वासको मत प्राविधिक रुपले पाएको देख्न सकिन्छ ।

उहाँ आज जुन ठाउँमा हुनुहुन्छ त्यो ठाँउको सैदान्तीक राजनीतिक कुनै पनि हिसावले टेक्ने ठाँउ छैन् । आज उहाँले पाएको विश्वासको मत अस्थाई र अविस्वास योग्य छ । ’ 

मङ्गलबार ७ चैत २०७९ १०:२३ AM मा प्रकाशित

प्रतिक्रिया