×

अन्तर्राष्ट्रिय बजारको प्रभाव र माग–आपूर्तिका कारण नेपाली बजारमा सुनचाँदीको भाउ ओरालो

images

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यमा गिरावट आउने क्रम आज (बिहीबार) पनि जारी रहेको छ। केही दिनयता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला ३ हजार ३०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ३३५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख २० हजार ८५० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ८५९ रुपैयाँ निर्धारण गरिएको छ।

पछिल्ला केही दिनमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। अघिल्लो दिन मात्रै सुन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको थियो भने तिहारयता बजार खुलेयता सुनचाँदीको भाउ निरन्तर घटिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य समायोजन तथा उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

बिहीबार ४ मंसिर २०८३ ११:२८ AM मा प्रकाशित

प्रतिक्रिया