×

कर्णालीका नवनियुक्त मन्त्रीको शपथ आज

images

सुर्खेत। कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण हुने भएको छ । बिहीबार १२:३० बजे मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको हो। 

बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दवावमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए ।

अहिले मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही र काँग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीको निवासमा छलफल भइरहेको छ । कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए।

कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ। यी तीन वटा मन्त्रालयमा यसअघि एमालेबाट मन्त्री थिए।

बिहीबार ७ बैशाख २०८० ११:५२ AM मा प्रकाशित

प्रतिक्रिया