काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताबीच छलफल हुँदैछ। ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच छलफल हुन लागेको हो।
बुधबार बस्ने भनिएको बैठका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौं बाहिर भएका कारण बस्न नसकेपछि बिहीबारका लागि बोलाइएको हो। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार दिउँसो २ बजे बैठक बस्ने तय भएको छ। प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिएको जानकारी अनुसार बुुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौं बाहिर रहेकाले आजका लागि सारिएको हो।
प्रतिक्रिया