भरतपुरमा रेनु दाहाल ३ हजार २६ मतले अगाडि

    images

     चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ३ हजार २६ मतले अगाडि हुनुहुन्छ ।

    पछिल्लो मत परिणाम अनुसार दाहालले १५ हजार १६२ मत ल्याउनु भएको छ ।

    एमालेका विजयी सुवेदीले १२ हजार १३६ मत पाउनु भएको छ ।

    यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत ल्याउनु भएको छ ।

    उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १७ हजार ५५९ मत पाउँदा राप्रपाका हिमला गुरुङले ९ हजार ७६१ मत पाउनु भएको छ ।

      बिहीबार ५ जेठ २०७९ १२:१७ PM मा प्रकाशित

      प्रतिक्रिया