×

कुरा मिलेन भने गठबन्धन चल्दैन : गगन थापा

images

काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् ।

शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’

उनले अघि भने, कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’

उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए । भन्छन्, ‘यो अहिले राष्ट्रघाति छ, चुनावपछि पनि राष्ट्रघाति हुन्छ ।’

शुक्रबार​ ६ फागुन २०७८ ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया