×

अछाममा पहिरोमा परी नौको मृत्यु, सात बेपत्ता

images

अछामको विभिन्न भागमा पहिरो जाँदा  नौ  जनाको मृत्यु र  सात जना बेपत्ता भएका छन् ।लगातारको वर्षा र पहिरोमा परी यहाँ जनधनको क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार गए रातिदेखिको वर्षासँगै पहिरो जाँदा तुर्माखाँद गाउँपालिकामा दुई घर पुरिएर नौ जना बेपत्ता भएकामा  दुई जनाको शव भेटिएको र बाँकीको खोजी भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । बर्सात्का कारण उक्त क्षेत्रको सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।

त्यसैगरी यहाँको कमलबजार नगरपालिकामा पहिरो गएर  घर पुरिँदा सात जनाको मृत्यु भएको छ । वडानं स्थित ठाँटीखाँदका सातै जना घरको माथिबाट खसेको पहिरोमा पुरिएकामा सबैको  शव फेला पारिएको छ । पहिरोमा परी अन्य आठ जना घाइते भएका भएकामा चार जनाको अवस्था जटिल छ ।

त्यसैगरी पहिरोकै कारण ढकारी गाउँपालिकामा एक घर पुरिँदा तीन जना घाइते भएका छन् । अछामका विभिन्न स्थानमा पहिरोका कारण क्षति भएपछि स्थानीय प्रशासन, प्रहरी टोली बिहानैदेखि  उद्धारमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाङीले यहाँका अन्य ठाउँमा पनि पहिरोले घर पुरिएर क्षति भएको खबर आएकाले प्रहरीको टोली परिचालन गरिएको जानकारी दिनुभयो ।

शनिबार १ असोज २०७९ ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया