×

भारी वर्षाको सम्भावना

images

काठमाडौँ, ३२ साउन  : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
     
महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले कोशी प्रदेशको तराई र मधेस प्रदेशमा मौसम सफा छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै लुम्बिनी  प्रदेशमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै कोशी र बागमती प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

रातिको समयमा पनि कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
     
    शुक्रबार देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । शनिबार पनि देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

बिहीबार ३२ साउन २०८० १२:३८ PM मा प्रकाशित

प्रतिक्रिया