×

महाकाली नदीको बिचमा अड्किएका पुरुषको सकुशल उद्धार

images

दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका–४ खलंगास्थित महाकाली नदीको बिचमा अड्किएका पुरुषको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।

बाँके जिल्लाको समशेरगञ्ज अमेलिया बस्ने  ३५ बर्षिय बिक्रम केसी नदीको बिच भागमा रहेको ढुंगामा अड्किएर बसेको अवस्थामा उद्धार गरिएको हो ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक देवारज जोशीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले सकुशल उद्वार गरेको हो । उद्वार गरिएका उनको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ । 

 

बिहीबार २ साउन २०८२ ०८:२० PM मा प्रकाशित

प्रतिक्रिया