×

बालेन साह र केशव स्थापितबीचको मतान्तर ५ हजार माथि

images

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । उम्मेदवार बालेन साहले ५ हजारभन्दा धेरैको मतान्तर बनाएका छन् ।

उनको कूल मतान्तर ५ हजार १० पुगेको छ । उनले १०७९७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ५७८७ मत पाएका छन् । स्थापित र साहबीचको मतान्तर ५०१० देखिएको छ । यस्तै  कांग्रेसकी सिर्जना सिंहले ५ हजार ७४ मत पाएकी छन्।

मङ्गलबार ३ जेठ २०७९ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया