नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दवाव दिनुपर्ने बताएका छन्।
सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित शहिद रितबहादुर खड्का प्रतापको १३औं स्मृति कार्यक्रममा श्रेष्ठले बिभिन्न कारणले शान्तिप्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न ढिलाई भइरहेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दवाव दिनुपर्ने बताएका हुन्।
त्यस्तै उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले भ्रष्टाचार अन्त्य गरि सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन हुन नसक्ने दाबी गरे। माओवादी सरकारमा रहदा सुशासन कायम गर्ने निकै महत्वपूर्ण काम गरेको त्यही कारण भ्रष्टाचारीलाई रक्षा गर्न माओवादीको सरकार ढालिएको उनले बताए।
श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश रहेको आरोप समेत लगाए। सरकारका कारण जनताका असन्तुष्टि बढेकाले प्रतिगामी शक्तिहरु सल्वलाइरहेको उनले बताए। श्रेष्ठले अवको दुइ बर्ष पुरै जनतासँगको अभियानमा केन्द्रीत भएर निर्वाचनको तयारी गर्ने र र ८४ को निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढेको बताए।
प्रतिक्रिया