×

कर्णाली प्रदेश सरकारको प्रवक्तामा योजनामन्त्री विष्ट

images

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टलाई तोक्नुभएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकमा भएका निर्णय एवं काम कारबाहीका सम्बन्धमा विभिन्न सञ्चारमाध्यमबाट सञ्चार गर्न प्रवक्ता तोकिएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो । आफ्नै दल नेपाली कांग्रेसबाट माघ २३ गते आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरिएका हिमबहादुर शाहीलाई भने उहाँले प्रवक्ता तोक्नुभएको छैन । 

उहाँले तोकिएको जिम्मेवारी प्रचलित कानूनबमोजिम उत्तरदायीपूर्ण तरिकाले बहन गर्न निर्देशन दिँदै प्रवक्ता विष्टलाई बधाईसमेत ज्ञापन गर्नुभएको छ । विष्टलाई सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) बाट मुख्यमन्त्री शाहीले योजनामन्त्रीमा गत मङ्सिर १४ गते नियुक्त गर्नुभएको थियो । 

बुधबार ४ फागुन २०७८ ०८:५१ PM मा प्रकाशित

प्रतिक्रिया