×

अक्टोपसले सामान उठाएर एक–अर्कामाथि फ्याँकिरहेको भेटिए

images

अक्टोपस एक्लै बस्न मन पराउँछ, यिनीहरु यसै स्वभावका लागि परिचित छन् । तर अष्ट्रेलियाको जर्विस बेमा ग्लुमी अक्टोपस भनिन् अक्टोपस टेट्रिकस आफ्नो स्वभावभन्दा भिन्न व्यवहार गरिरहेका छन् ।

सेफलोपड अनुसन्धानकर्ताको एक समूहले पानी मुनी अक्टोपसको भिडियो सुट गरे ताकि यिनिहरु कसरी बस्छन्, एक–अर्कासँग कस्तो व्यवहार गर्छन् भन्ने कुरा पत्ता लाग्न सकोस् ।

पानीबाट क्यामेरा निकालेपछि अनुसन्धानकर्ताले २० घण्टाभन्दा पनि बढी समयको फुटेज हेरे । एन्कोरेजमा अलास्का प्यासिफिक युनिभर्सिटीका बिहेवियरल इकोलोजिस्ट तथा शोधका सह–लेखक डेभिड स्किलले उक्त भिडियो हेर्दा आफूलाई अक्टोपस टिभी हेरिरहेको जस्तो भान भएको बताए ।

नेचर जर्नलमा प्रकाशित शोधका अनुसार उनले भने, ‘हामीले निकै अचम्मको व्यवहार देख्यौँ । अक्टोपसले आफ्नो टेन्टाकल्सको मद्दतले सेल, समुद्रका फोहोर, लेऊ जम्मा गरे र त्यसलाई टाढा फ्याँके । आफ्नो साइफनको मद्दतले उनीहरुले पानीसँगै यी वस्तुहरु फ्याँकिरहेका थिए । कहिलेकाँही यस्तो पनि लाग्यो सकि उनीहरु फोहोर वा बाँकी भएको खाना पनि फ्याँकिरहेका थिए । कहिले यस्तो लाग्यो कि उनीहरु एक–अर्कामाथि केही वस्तुहरु फ्याँकिरहेका थिए ।’

मङ्गलबार २९ कात्तिक २०७९ ०१:२१ PM मा प्रकाशित

प्रतिक्रिया