ताप्लेजुङ केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्पको धक्का

    images

    काठमाडौं । ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो ।

    यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको थियो ।  भूकम्पबाट क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । 

    आइतबार​ ३० भदौ २०८१ ०७:३३ AM मा प्रकाशित

    प्रतिक्रिया