×

काठमाडौं महानगरमा अग्रता बढाउँदै बालेन र सुनीता

images

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह ले ६७४ मतको अग्रता लिएका छन् ।

४ हजार ६४६ मत गन्दासम्म बालेनले मतान्तर बढाउँदै लगेका हुन । बालेनले १ हजार ७०६ मत पाएका छन् । बालेनलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ८६४ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।

अहिले काठमाडौं महानगरपालिका मेयर ३२,१,२, ३ र ४ को गणना भइरहेकाे छ ।
 

आइतबार​ १ जेठ २०७९ ०९:०५ AM मा प्रकाशित

प्रतिक्रिया