×

अध्यादेशमा कांग्रेस सभापति देउवाको सहमति छ, विपक्षी दलको मोर्चाबन्दी विशाल नदीमा ढुंगा हान्दै नदी थुन्ने प्रयास गर्नुजस्तै

images

काठमाडौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पूर्ण सहमति रहेको बताएका छन् । आज (बुधबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अध्यादेशको एउटा शब्दमा पनि देउवाको विमति नरहेको बताएका हुन् । उनले शीर्ष नेतृत्व तह, ब्यूरोक्रेशीको शीर्ष नेतृत्व र विज्ञहरुसमेतको सल्लाह, राय, परामर्शपछि अध्यादेश ल्याइएको बताए ।

‘सरकारमा रहेका दलहरुको एकता, यसबाट सुदृढ ढंगबाट प्रस्तुत भएको छ । एउटा अक्षरमा कतै पनि असहमति कहीँपनि छैन । पूर्ण सहमतिका साथ यी अध्यादेशहरु आएका छन्,’– उनले भने ।

उद्यमी व्यवसायीहरु समेतको समस्यासमेत सुनेर ती समस्याहरुको समाधान गर्नका लागि अध्यादेश ल्याइएको प्रधानमन्त्री ओलीले बताए । धेरै सावधानी र मेहनतका साथ अध्यादेश तयार गरिएर मन्त्रिपरिषद्ले पारित गरेको उनले सुनाए । साथै प्रधानमन्त्री ओलीले कसैको पार्टी फुटाउने आफूमा सोख नभएको बताए । ‘हामीलाई अरुको पार्टी फुटाउने के को सोख । न जोड्ने सोख र न फुटाउने सोख’, प्रधानमन्त्री ओलीले भने ।

तर विगतमा अध्यादेश ल्याएर पार्टी फुटाएकाहरुमा त्यस्तो भ्रम परेको प्रधानमन्त्रीले बताए । आफूलाई भने कसैको पार्टी फुटाउने सोख नरहेको प्रष्टोक्ति दिए । साथै ओलीले विपक्षी दलहरूले गरिरहेको मोर्चाबन्दी प्रयासलाई विशाल नदीको किनारमा बसेर ढुंगा हान्दै नदी थुन्ने प्रयास गर्नुजस्तै भनेका छन् ।

‘मैले मोर्चा बन्दैछ भन्ने सुनिरहेको छु । त्यो उहाँहरूको अधिकारको कुरा हो । म त्यसलाई सम्मान गर्छु,’ उनले भने,’ तर सभ्य तरिका भाषामा गर्नुस् भन्ने मात्र सुझाव छ । शान्तिपूर्ण र सभ्यतापूर्ण हुनुपर्छ । अधिकार त प्रयोग गर्न पाइन्छ ।’

उनले यो अध्यादेश कसैको विरुद्ध नभएको बताए । संसद रोकिरोकी पार्टी फुटाउने भन्दै गरिएको चर्चालाई उनले अफवाहको संज्ञा दिए । उनले प्रश्न गरे, ‘कसले बोलायो यो संसद र रोकेको त रु नबोलाइकन सुरु नै हुँदैन त कसरी रोक्नु रु बोलाएपछि स्थगित गरियो भने पो रोकिरोकि भन्न पाइयो ।’  

बुधबार २ माघ २०८१ ०६:१९ PM मा प्रकाशित

प्रतिक्रिया