×

काठमाडौं महानगरले फुटपाथबाट जबर्जस्ती हटाएको शर्मिलालाई धराने मेयर हर्कले एक महिनाको तलब दिने

images

काठमाडौं- धरानका मेयर हर्क सम्पाङले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङलाई एक महिनाको तलब दिने घोषणा गरेका छन्। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ठेलागाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो।

नगर प्रहरीले खोसेर लैजादा उनी भावव्हिल भएकी थिइन् । ठेला समातेर रोइरहेकी उनको तस्वीर भइरल भएको थियो । सामाजिक सञ्जाल फेसबुकमा उनले ठेला नखोस्न प्रहरीलाई बिन्ती गर्दै गरेको अनुनय विनयको भिडियो समेत फेसबुकमा भाइरल छ । महानगरपालिकाले पछिल्लो समय फुटपाथ र ठेलामा व्यापार गर्नेहरुलाई हटाउन ठेला खोस्दै आएको छ ।

महानगर प्रहरीले ठेला खोसेपछि तामाङको गरेको बिन्ती देखेर मनकारीहरुको सहयोगको लर्काे नै लागेको छ । यसैबीच धरान उपमहानगरका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा एक महिनाको तलब दिने घोषणा गरेका हुन् । सो पोष्टमा उनले, ‘यी बैनी को हुन् ? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु जय मान्छे ।’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्। 


 

शुक्रबार​ २८ असोज २०७९ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया