×

राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणीकरण

images

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका तीन विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यलयले जनाएको छ ।

प्रमाणीकरण भएका विधेयकमा आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्‍चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्‍ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

सोमबार ३० असार २०८२ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया