काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोला ४ सयले बढेर तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको २३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया