×

अमेरिकाको केन्टकीस्थित चर्चमा गोली चल्यो, दुई महिलाको मृत्यु

images

काठमाडौँ । अमेरिकाको केन्टकीस्थित लेक्सिङ्टनको एक चर्चमा भएको गोलीकाण्डमा दुई महिलाको मृत्यु भएको छ । त्यस्तै सो गोलीकाण्डमा दुई पुरुष घाइते भएको सिएनएनले उल्लेख गरेको छ । प्रहरीले संदिग्ध आक्रमणकारीलाई पनि गोली हानेको बताएको छ, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको छ ।

आक्रमणकारीले लेक्सिङ्टनको ब्लू ग्रास विमानस्थलमा एक प्रहरी अधिकारीलाई गोली हानेर भागेको थियो । यसमा प्रहरी अधिकारी गम्भीर घाइते भएका छन् । यद्यपि, अहिले उनको अवस्था स्थिर रहेको बताइएको छ । विमानस्थलमा भएको गोलीकाण्डले यात्रुहरूमा पनि त्रास फैलाएको थियो ।

अधिकारीहरूले घाइते प्रहरी अधिकारीले बिहान ११:३० बजे ब्लू ग्रास विमानस्थल नजिकै चेकजाँचको लागि कार रोकेको बताएका छन्। त्यसपछि कारमा रहेका संदिग्ध व्यक्तिले उनलाई गोली हानेका छन्। यसपछि संदिग्ध त्यहाँबाट भागेको बताएका छन्। उनले विमानस्थलबाट करिब १६ किलोमिटर टाढा रहेको कार लुटेका थिए। त्यहाँबाट उनी लेक्सिङ्टनको रिचमन्ड रोड ब्याप्टिस्ट चर्चमा भागे र मानिसहरूमाथि गोली चलाउन थालेका थिए । चोरी भएको कारको स्थान पत्ता लगाउँदै प्रहरी चर्च पुगेर आक्रमणकारीलाई मारिदिएको रिपोर्टमा उल्लेख छ ।

सोमबार ३० असार २०८२ १२:०१ PM मा प्रकाशित

प्रतिक्रिया