काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका हुन् ।
आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गर्दै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता कार्यमा कहीँकतै घुस डिल नगरेको स्पष्ट गरेका छन् । उनले भनेका छन्- ‘यो विषय मेरा लागि अत्यन्त संवेदनशील छ, ममाथि प्रश्न उठाएपछि अब यस्ता आरोपहरू पुष्टि गर्न मिडिया स्वयंले पनि प्रमाण खोज्नुपर्छ । प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडियाले खोजौँ ।’
सरुवा र नियुक्तिलगायत विषयमा ‘रकम बार्गेनिङ गरेको’ भन्ने जस्ता आशयका समाचारहरूले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच पुर्याएको उहाँको भनाइ छ । समाचारमा आएका विषयवस्तुहरूप्रति गम्भीर आपत्ति रहेको जनाउनुहुँदै मन्त्री गुप्ताले आफ्नोविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई नै प्रश्न गर्दै उत्तर खोज्न आग्रह गरेका छन् ।
उनले मिडियालाई बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाब दिने को हुन ? नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ त्यो मकहाँ कहिल्यै छैन । नोटको नम्बरसहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो ? कुन अवस्थामा छ ? मलाई थाहा छैन, प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन । अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ? अडियोमा समावेश आवाज मेरो होइन । सूचना प्रविधिको दुरुपयोग गरी निर्माण गरिएको हुनसक्छ । त्यसको कसले पुष्टि गर्ने ? लगायतका प्रश्न गरेका छन् ।
मन्त्री गुप्ताले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिताको क्षेत्रप्रति आफ्नो सधैँ सम्मान र उच्च विश्वास रहँदै आएको आएको पनि मन्त्री गुप्ताले स्पष्ट गरेका छन् ।
प्रतिक्रिया