×

रेणु यादवद्वारा पार्टी परित्याग गरेको घोषणा

images

जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेत्री रेणु यादवले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

यादवले आज बिहीवार विज्ञप्ति निकालेर जसपाकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य पद परित्याग गरेको घोषणा गर्नुभएको हो । वर्तमान अवस्थामा व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्न सक्ने अवस्था नरहेकोले जसपा नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उहाँले उल्लेख गर्नुभएको छ ।

यादव यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुनुहुन्थ्यो तर अध्यक्ष उपेन्द्र यादवले फिर्ता बोलाएसँगै उहाँ असन्तुष्ट हुनुहुन्थ्यो । 

बिहीबार ३० असार २०७९ ०५:३३ PM मा प्रकाशित

प्रतिक्रिया