×

प्रतिनिधिसभाको बैठक फागुन ४ गतेका लागि स¥यो

images

प्रतिनिधिसभाको बैठक यही फागुन ४ गते मध्यान्न १ बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले आज एक सूचनामार्फत यही फागुन २ गतेका लागि तय भएको प्रतिनिधिसभाको बैठक बुधबारका लागि सरेको जानकारी दिनुभएको छ । 

फागुन २ गतेका लागि तय भएको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम सभामुख अग्निप्रसाद सापकोटाले फागुन ४ गतेका लागि निर्धारण गर्नुभएको सूचनामा उल्लेख छ । 

नेकपा(एमाले)ले बैठक सारिदिन सभामुखसँग आग्रह गरेको थियो । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्षीको मागअनुसार बैठक सार्दा राम्रो हुने सुझाव दिनुभएको थियो । 

आइतबार​ १ फागुन २०७८ ०१:१२ PM मा प्रकाशित

प्रतिक्रिया