×

सुनचाँदी व्यवसायीहरूको काठमाडौंमा विरोध प्रदर्शन

images

काठमाडौं । सुनचाँदी व्यवसायीहरूले सरकारको विलाशी कर र भ्याट नीतिका विरुद्ध आज बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । सुनचाँदी र हिराका गरगहना पसलेहरूले विलाशिताको वस्तु नभएकाले सुनमा लगाइएको कर र हिरामा लगाइएको भ्याट खारेज गर्न पनि माग गरेका हुन् ।

सरकारले सुनमा दुई प्रतिशत विलाशी कर र हिरा,  रत्न र पत्थरमा १३ प्रतिशत भ्याट लगाउने निर्णय गरेको थियो । व्यवसायीहरूले भने सुनचाँदी कारोबारको लागि व्यवसायीमैत्री एवं उपभोक्तामुखी प्रष्ट नीतिनियमर निर्देशिका बनाउन सरकारसँग माग गरेका छन् ।

उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए।

व्यवसायीहरुले देशभरका आफ्ना पसलमा कालो व्यानर राखेर कतिपय ठाउँमै पसल नै बन्द समेत गरेका छन्। उनीहरूले आजै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र समेत बुझाएका छन्।

बिहीबार ३० जेठ २०८२ ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया