×

विद्युतीय भोटिङ मेसिनमार्फत अनेरास्ववियुको मतदान सुरु, परिणाम आजै आउने

images

 काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनको लागि मतदान सुरु भएको छ । 

अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलबिच प्रतिस्पर्धा हुँदैछ। जेठ २५ गतेदेखि सुरु भएको २४ औँ महाधिवेशनमा हिजो सकिने कार्यक्रम थियो। तर, मतदान प्रक्रिया लम्बिएका कारण ढिलाइ भएको हो।  देशभरबाट आएका १५०० बढी महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन्।

कीर्तिपुरमा जारी  सम्मेलनमा बिहान ८ बजे नै मतदान हुने भनिएपनि केहीबेरअघि सुरु भएको हो । हिजै साँझ उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले बिहानै मात्रै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको थियो ।

४५ वटा भेन्डिङ मेसिन प्रयोग गरेर मतदान भइरहेको छ । उपाध्यक्ष खुलातर्फ चार र महिलातर्फ चार जनाको उम्मेदवारी परेको छ । महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ भने सचिवका लागि ३५ जनाले उम्मेदवारी दिएका छन् । 

बिहीबार ३० जेठ २०८२ ११:५९ AM मा प्रकाशित

प्रतिक्रिया