×

शिक्षामन्त्री पौडेल भन्छन्, ‘पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छ’

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अहिलेको पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै मन्त्री पौडेलले अहिलेकै गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्ने दाबी गरे । उनले स्थानीय तहको निर्वाचनमा सरकारमा आवद्ध दलहरुबीच चुनावी गठबन्धन हुने जानकारी दिए ।

त्यस्तै उनले पार्टीको पदाधिकारी चयन छिटै हुने बताए । मन्त्री पौडेलले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे सबै दलमा एकमतको धारणा नभएको उल्लेख गरे । एमसीसीबारे राष्ट्रिय सहमति बनाउनुपर्ने उनको भनाइ छ ।

मन्त्री पौडेलले सरकारले सार्बनिक शिक्षालाई सबैले ग्रहण गर्ने लक्ष्य लिएर सोहीअनुसार काम गरेको बताए । शिक्षक सेवा आयोगलाई क्रियाशील बनाइएको र विभिन्न तहको लागि १८ हजार शिक्षकको नयाँ दरबन्दी सिर्जना गरेर परीक्षा तालिका सार्वजनिक गरेको पनि उनले बताए ।

मन्त्री पौडेलले उच्च शिक्षा ऐन, संघीय शिक्षा ऐन, प्राविधिक शिक्षा ऐन सदनको अवस्था सहज हुनेवित्तिकै छलफलको लागि पठाउने पनि जानकारी दिए ।

शनिबार २९ माघ २०७८ ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया