×

टेलिकमले ६ महिनामा कमायो झन्डै ४ अर्ब नाफा

images

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले ६ महिनामै झन्डै चार अर्ब खुद नाफा कमाएको छ । टेलिकमले सार्वजनिक गरेको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार यो अवधिमा कम्पनीले तीन अर्ब ८९ करोड ७८ लाख ७५ हजार रूपैयाँ मुनाफा कमाएको हो ।

यो गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधि ९पुस मसान्त सम्मको खुद मुनाफाभन्दा १८।४९ प्रतिशत अर्थात् ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ बढी हो । कम्पनीले गत आवको सुरुको ६ महिनासम्म तीन अर्ब २८ करोड ९३ लाख ९४ हजार मुनाफा कमाएको थियो ।


टेलिकमले सञ्चालन आयतर्फ चालू आवको दोस्रो त्रैमासिकसम्म रु। १९ अर्ब २० करोड ७२ लाख १६ हजार आम्दानी गरेको छ । गत आवको सोही अवधिसम्म कम्पनीले १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार आम्दानी गरेको थियो । सञ्चालन आयमा यसपटक एक अर्ब ४८ करोड २३ लाख ३ हजार ९अर्थात ८।३६ प्रतिशत० ले वृद्धि भएको टेलिकमले जनाएको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमासिक अवधिमा मात्रै सञ्चालन आयतर्फ नौ अर्ब ४३ करोड १९ लाख २३ हजार आम्दानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले नौ अर्ब ८ करोड ९५ लाख ७३ हजार आम्दानी गरेको थियो । टेलिकमले यो शीर्षकमा गत आवको सोही अवधिभन्दा ३४ करोड २३ लाख ४९ हजार ९३।७७ प्रतिशत० बढी आम्दानी गरेको छ ।

चालू आवको दोस्रो त्रैमासिक अवधिसम्म कम्पनीको कूल आय २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार पुगेको छ । गत आवको सोही अवधिमा कूल आय रु। २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रहेको थियो । यसपटक एक अर्ब ४१ करोड ३२ लाख ६३ हजार ९अर्थात, ६।८७ प्रतिशत ले वृद्धि भएको हो ।

कम्पनीले फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधारमा वृद्धि हुन गई मोबाइल डेटा, भ्वाइस, एसएमएस सेवा आदिको प्रयोगमा उल्लेख्य वृद्धि भएको जनाएको छ ।

त्यसैगरी टुजी तथा थ्रीजी सेवाको पहुँच नपुगेका स्थानमा समेत टुजी, थ्रीजी र फोजी सेवाको विस्तार भएका कारण ग्राहकको आधार वृद्धि भएको टेलिकमले उल्लेख गरेको छ ।

साथै एफटीटीएच सेवामार्फत् वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आइपीटीभी सेवाका ग्राहकहरू वृद्धि हुन गई फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ ।

कम्पनीले अघिल्लो आवमा कोभिड(१९ महामारीको असर परेपनि सुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजना र सेवा वितरणमा सहजता आएको उल्लेख गरेको छ ।

साथै अनलाइन व्यवसाय, अनलाइन कक्षा, सामाजिक सञ्जाल, इन्टनेटमा आधारित मनोरञ्जन आदिमा भएको वृद्धिले गत वर्षको तुलनामा भ्वइस सेवा, डेटा सेवा, एसएमएस सेवा र अन्य भ्यालु एडेड सर्भिसका कारण वित्तीय अवस्थामा सुधार भएको कम्पनीले जनाएको छ ।

शनिबार २९ माघ २०७८ ०५:४५ PM मा प्रकाशित

प्रतिक्रिया