×

प्रावधान संशोधनको माग

images

काठमाडौँ : समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०  सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ । सङ्गठनको सचिवालय बैठकले एमसिसीका केही बुँदा संशोधनका लागि दबाब सिर्जना गर्ने निर्णय गरेको हो ।

नेकपा ९एकीकृत समाजवादी०का मोर्चा सङ्गठनले राष्ट्र हितको पक्षमा आवश्यक संशोधन गरी संसद्बाट अनुमोदनका लागि उचित वातावरण सिर्जना गर्ने उद्देश्यले आगामी फागुन १ गते सबै जिल्ला सदरमुकाममा गर्न लागेको दबाब तथा चेतनामूलक प्रदर्शनमा सो प्रेस सङ्गठनले संस्थापक सदस्य, प्रदेश कमिटी, जिल्ला कमिटीलाई सहयोग गर्न परिपत्र गरेको महासचिव भूपराज खड्काले जानकारी दिनुभयो ।

शनिबार २९ माघ २०७८ ०२:३५ PM मा प्रकाशित

प्रतिक्रिया