×

३४ अंकले घट्यो साताको नेप्से परिसूचक, कस्तो रह्यो साताको बजार?

images

यो एक साता नेप्से परिसूचक ३४.६१ अंकले घटेको छ। साताको पहिलो दिन आइतबार बजार खुल्दा नेप्से परिसूचक ४०.५७ अंकले बढेर २८३६.१७ विन्दुमा पुगेको थियो। बिहीबार बजार बन्‍द हुँदा परिसूचक घटेर २८०१.५६ पुग्यो। 

सोमबारबाहेक साताको बाँकी चार दिन सेयर बजार घटेको हो। साताको पहिलो दिन आइतबार ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ ४७ पैसाको कारोबार भएको थियो। यो साताको बजार बन्दा हुँदा बिहीबार भने कारोबार रकम जम्मा जम्मा ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३४९ रुपैयाँ ६४ पैसा पुग्यो।

पहिलो दिन आइतबार ४०.५७ अंकले घटेको परिसूचक सोमबार १५.७१ अंकले बजार बढ्यो। त्यस्तै, मंगलबार भने सेयर बजार परिसूचक १६.३० अंकले घटेर २८३५.५८ पुग्यो। बुधबार पनि परिसूचक २२.११ अंकले घटेर २८१३.४७ पुग्यो। नेप्से कारोबारको अन्तिम दिन बिहीबार पनि सेयर बजार ११.९६ अंकले घटेर २८०१.५६ पुगेको थियो। 

आइतबार २२८ कम्पनीको कारोबार भएको थियो। सोमबार यो संख्या घटेर जम्मा २२४ कम्पनीको कारोबार भयो भने मंगलबार कारोबार गर्ने कम्पनीको संख्या बढेर २३० वटा पुग्यो। त्यस्तै, बुधबार पुनः कारोबारमा आउने कम्पनी संख्या घटेर २२३ पुगेको थियो। बिहीबार भने यो संख्या बढेर कुल २२७ कम्पनीको सेयर किनबेच भयो।

अघिल्लो साता नेप्से परिसूचक खासै फरक परेको थिएन। तर यो साता नेप्से परिसूचक घट्दा कारोबारमा पनि कमि देखिएको छ। आइतबार ५ अर्ब ८३ करोडको कारोबार भएको थियो। यो साताको बजार बन्द हुँदा बिहीबार कारोबार रकम घटेर ३ अर्ब ८२ करोड पुग्यो। 

सोमबार बजार बढे पनि कारोबार रकममा कमि देखियो। सोमबार जम्मा ५ अर्ब १५ करोडको कारोबार भएको थियो। त्यस्तै, मंगलबार नेप्से घट्दा समेत कारोबार रकम भने बढेर ६ अर्ब २८ करोड पुग्यो। बुधबार भने नेप्से घट्दा ५ अर्ब ८३ करोडको कारोबार भयो। बिहीबार ३ अर्ब ८२ करोडमा कारोबार भएर बजार बन्द भयो।

साताभर कारोबारमा आएका कम्पनीमध्ये कुनै पनि दिन सेयर १० प्रतिशतले बढेन। औसतमा विभिन्न कम्पनीको सेयर ३ देखि ८ प्रतिशतले मात्रै बढ्यो। त्यस्तै, हरेक दिन कारोबारमा आएका १३ वटा उपसमूहहरूमध्ये प्रायः उपसमूहको सूचक नकारात्मक देखिएको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार साताको चार दिन नेप्से घटेपनि साताभरिमा धेरै कारोबार भएका कम्पनीमध्ये अरुन भ्याली हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, अपि पावर, अपर तामाकोशी, निफ्रा, नेसनल हाइड्रोपावर कम्पनी, एनटिसी, हाइड्रो इलेक्ट्रिसिटी इनभेस्टमेन्ट र डिभलपमेन्ट, नेपाल लाइफ इन्स्योरेन्सलगायत पर्छन्।

 

शनिबार २९ माघ २०७८ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया