×

सीता दाहालको स्मृति दिवसमा मानव सेवा आश्रम पुगे प्रचण्ड

images

काठमाडौँ । सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवनमा पुगेका छन् । प्रचण्डले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका छन् ।

प्रचण्डले सो अवसरमा आफू प्रधानमन्त्री भएको बेला हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए । साथै, मानव सेवा आश्रमले सकारात्मक उदेश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पु-याउने बताए ।

उनले मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिने बताए ।

शुक्रबार​ २७ असार २०८२ १२:०५ PM मा प्रकाशित

प्रतिक्रिया