×

वैदेशिक रोजगारमा रहेका नेपालीका लागि स्वस्तिक लघुवित्तको आइपीओ खुला

images

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई प्रतिकित्ता १०० रुपैयाँको दरले २३ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

नेपाल धितोपत्र बोर्डले स्वस्तिकलाई कुल २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको छ । जसमा पहिलो चरणमा १० प्रतिशत सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गर्न लागेको हो । त्यस्तै ११ सय ५५ कित्ता सेयर कम्पनीका कर्मचारीलाई र ११ हजार ५५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यसबाहेक बाँकी रहने एक लाख ९५ हजार ५९५ कित्ता सेयर भने दोस्रो चरणमा सर्वसाधारणलाई बिक्री गरिनेछ । 

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।  इक्रा नेपालले यस लघुवित्तलाई समयमै वित्तीय दायित्व पूरा गर्नमा जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ बी रेटिङ प्रदान गरेको छ । स्वस्तिक लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । 

शुक्रबार​ २७ असार २०८२ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया