काठमाडौँ । अमेरिकाले क्यानडाबाट आयात हुने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई पत्र लेख्दै नयाँ कर दरहरूको बारेमा जानकारी गराएकोका हुन् ।
यो कर अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली उत्पादनहरूमा लागू हुनेछ । ट्रम्पले यसलाई क्यानडाको प्रतिशोधात्मक कारबाही र जारी व्यापार अवरोधहरूको प्रतिक्रियामा लिइएको कदमको रूपमा वर्णन गरेका छन् । यो निर्णयले दुई उत्तर अमेरिकी देशहरू बीचको दशकौं पुरानो सम्बन्धलाई थप तनावपूर्ण बनाउन सक्ने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया