×

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने

images

काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो ४ बजे बस्ने गरी बोलाइएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ।

साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

बिहीबार २६ असार २०८२ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया