×

घट्यो सुनको मुल्य

images

काठमाडौं ।  आज मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । हिजो सोमबार प्रति तोला १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुन  आज  १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ भने हालसम्मकै उच्च भएको छ । हिजो सोमबारको तुलनामा आज १५ रुपैयाँ बढेको छ । हिजो सोमबार प्रति तोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।

मङ्गलबार २८ जेठ २०८२ १२:०४ PM मा प्रकाशित

प्रतिक्रिया