काठमाडौं । अमेरिकाको लस एन्जलसमा आप्रवासीमाथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ । दुई पक्षबीच भएको झडपका कारण आगजनी र तोडफोडका घटना समेत भएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रदर्शन नियन्त्रणमा लिन ७ सय जल सैनिक परिचालन गरेको पुष्टि गरेको छ ।
अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेकाहरुको खोजी र वहिर्गमनको काम तीव्र रूपमा भइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लस एन्जलसमा मात्रै झन्डै दुई हजारको संख्यामा सुरक्षा गार्डका सैनिक परिचालन गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।
यसैबीच क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले यस कदमविरुद्ध संघीय प्रशासनमाथि नै मुद्दा दायर गरेका छन् । सेना परिचालनका विषयमा डेमोक्र्याट गभर्नरहरु एकमत भएर विरोधमा उत्रिएका हुन् ।
प्रतिक्रिया