×

सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर राखेमा कारबाही

images


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किराना पसल वा होलसेल पसलमा सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर राखेमा कारबाही गर्ने भएको छ। मन्त्रालयले एक सूचना सार्वजनिक गरी यसरी मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ।

‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मूल्य सुची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को  दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुट्खा आदिका मूल्य सुची उल्लेखित पोष्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ,’ मन्त्रालयले बुधबार जारी गरेको सूचनामा भनेको छ।

बुधबार २७ बैशाख २०८० ०४:५७ PM मा प्रकाशित

प्रतिक्रिया