×

मई -१८ मा दुबई मा २५६९ औं बुद्ध जयन्ति कार्यक्रम हुदै

images

फलेन्द्र मगर / युएई 
९ मे -२०२५ दुबई 
महामानव भगवान गौतम बुद्धको २५६९ औं जन्म जयन्ती युएईमा पनि विशेष पूजापाठ गरि मनाउने तयारी आदिवासी जनजाति महासंघ युएईमा आबद्ध ११ वटै जातिय संघ संस्थाहरु ले तयारी गरिरहेको जानकारी महासंघका अध्यक्ष बिक्रम लिम्बु ले बताए। 

आउँदो मे १८ तारिख दिनको १२: ०० बजे एभरेष्ट क्लब बर दुब ई मा हुने आयोजक ले बताएको छ । उक्त कार्यक्रममा बौध्द धर्मगुरु बज्राचार्य एवम् खेम्पो कर्म स्याम्फेन लामा रिम्पोछे द्वारा प्रवचन, गुरु दर्शन, आयु अभिषेक , विशेष पूजापाठ र धार्मिक सांस्कृतिक कार्यक्रम समेत रहनेछ्।

कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन  स्थानिय कलाकार हरु द्वारा विशेष सांगितिक कार्यक्रम को प्रस्तुति समेत रहनेछ ।

 विश्व जगतमा ज्ञानका ज्योति बाडदै नेपाल र नेपाली लाई विश्वभर  चिनाएका राष्ट्र विभुति शान्तिका अग्रदुत गौतम बुद्ध भएकोले युएईमा छरिएर रहेका सम्पुर्ण नेपाली हरु लाई कार्यक्रममा सहभागी भै कार्यक्रम सफल बनाउन पनि अध्यक्ष लिम्बुले आव्हान गरेका छन। विशेष सहयोगी संस्थाको भुमिकामा आदिवासी जनजाति युवा महासंघ युएईले ( वाइफिन, युएई ) रहेको छ र प्रमुख मिडिया पार्ट्नार को भुमिकामा आदिवासी जनजाति पत्रकार महासंघ, युएई (फोनिज, युएई ) रहेको छ ।

शनिबार २७ बैशाख २०८२ ०७:४५ AM मा प्रकाशित

प्रतिक्रिया