×

२४ घण्टामा ११२ संक्रमित थपिए, ५ हजार ३४० जना सक्रिय संक्रमित

images

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो अवधिमा ४ सय २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्, भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

हाल सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ३ सय ४० रहेको छ । यो अवधिमा पीसीआर विधिबाट ७७ र एन्टीजेन विधिबाट ३५ जनामा संक्रमण पुष्टि भएको थियो ।

हालसम्म नेपालमा कोभिड-१९बाट ११ हजार ९ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

 

बिहीबार २६ फागुन २०७८ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया