×

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

images

काठमाडौं।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ।

बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने जनाइएको छ। म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय पनि बैठकले लिने जनाइएको छ। त्यसैगरी अधिवेशन हुन बाँकी १६ जिल्लाको बारेमा पनि छलफल हुने बताइएको छ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि बोलाइएको कार्यसम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल गर्ने एजेन्डा तय गरेको थियो।

कांग्रेसले केही समयअघि मात्र ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। 

बिहीबार २७ माघ २०७८ ०४:१७ PM मा प्रकाशित

प्रतिक्रिया