×

सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दलको माग

images


कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा  प्रमुख सचेतक शाहले एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागका विषयमा यही माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको बताउनुभयो । कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिबद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको उहाँको आरोप छ । 

प्रदेशसभामा एमालेका प्रदेशसभा सदस्यहरु मीनासिंह रखाल, बद्मीक्वारी बोहोरा र खड्क खत्रीले सात बुँदामा गरेका निर्णय प्रतिपक्षीको आँखामा छारो हाल्ने काम मात्र गरेको आरोप लगाए । सम्झौताको बुँदा नं ४ अन्तर्गत पूर्वाधार विकास कार्यक्रमको कार्यविधि प्रदेश सरकारले संशोधन नगरेको तीनै जनाको भनाइ छ । कर्णालीमा हाल दैलेख ‘क’ र ‘ख’, कालीकोट ‘क’, डोल्पा ‘क’ तथा सल्यान ‘ख’ क्षेत्रमा प्रदेशसभा सदस्य पद रिक्त छ ।  

बिहीबार २७ माघ २०७८ ०८:१५ PM मा प्रकाशित

प्रतिक्रिया