×

पुल भाँचिएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालीयो

images

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजगर्मा पूर्णरूपमा अवरूद्ध भएको छ। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किवासस्थित विनयी खोलाको पुल भाँसिएपछि यातायात पूर्णरूपमा अवरूद्ध भएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलले बताए। अहिले पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ ।

आज साँझ ५ बजेको समयमा पुलको बीच भाग भाँसिएपछि यातायात अवरूद्ध भएको प्रजिअ पोखरेलले बताए। पुल तत्काल मर्मत गरी सञ्चालन गर्ने अवस्था नरहेकाले डाइभर्सन निर्माणको कार्य थालिएको उनले बताए।  पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि वैकल्पिक बाटोको प्रयोग गर्न थालिएको छ ।

सीडीओ  पोखरेलका अनुसार अहिले तीनवटा वैकल्पिक बाटोबाट सवारी आवागमन भइरहेको छ । उनका अनुसार विजयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेबाट भित्रि बाटो त्रिवेणी चोक हुँदै गुम्बाचोकबाट राजमार्गमा निस्कने एउटा रुट प्रयोग भएको छ । जुन रुट अहिले चलिरहेको राजमार्ग भन्दा ५ किलोमिटर लामो पर्न जान्छ ।

त्यस्तै, ठूला सवारी साधन ज्यामिरे पेट्रोलपम्प हुँदै सिजीचोक, डाँडाचौर, होङ्सि गेटमा पुग्ने अर्को बाटो प्रयोग गरिएको छ । उक्त बाटो १८ किलोमिटर लामो पर्नजाने सीडीओ पोखरेलले बताए । त्यस्तै, भाँचिएको पुल नजिकै अर्को एउटा डाइभर्सनबाट पनि सवारी आवागमन गराइएको छ । उक्त रुटबाट भने ६ पांग्रे सवारी साधन मात्रै ओहोरदोहोर भइरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्व नवलपरासीका डीएसपी जेशी शाहले अहिले सडक आंशिक रुपमा चलिरहेको जानकारी दिए । उनका अनुसार चिनियाँ इन्जिनियरको टोली पुलमा पुगेर अहिले अध्ययन गरिरहेको छ ।

‘चाइनिज कम्पनीका इन्जिनियरहरू आएर मर्मतको कामका लागि अध्ययन गरिरहनुभएको छ,’ उनले भने, ‘अँध्यारो भएकाले काम गर्न केही असहज भएको छ ।’

शुक्रबार साँझ साढे ५ बजेतिर दुम्किबासमा पुल भाँचिदा यातायात नै अवरुद्ध भएको थियो ।

पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलामा बनेको यो सबैभन्दा लामो पुल हो ।

भारतीय हेबी ट्रक एन एल ०१ ए एच ५१७९ नम्बरको ट्रक पुलबाट पास हुने क्रममा पुल एक्कासी भाँचिएको हो ।

शुक्रबार​ २६ पुस २०८१ ०८:३२ PM मा प्रकाशित

प्रतिक्रिया