×

नेपाली कम्युनिस्ट पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाइयो कागजात

images

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन आयोगमा बुझाएको छ । 

आइतबार नेपाली कम्युनिस्ट पार्टीका नेताहरु वर्षमान पुन, राजेन्द्र पाण्डे, देव गुरुङलगायतका नेताहरु आयोग पुगेर दल दर्ताका लागि आवश्यक कागजातहरू बुझाइएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी आबद्ध दलका प्रतिनिधिहरूले विधान, माइनुट, नयाँ पार्टीको घोषणापत्र लगायतका कागजात बुझाइएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । 

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० वाम दल र अभियानबीच एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइएको छ । यसको घोषणा कार्तिक १९ गते गरिएको थियो ।

 

आइतबार​ २४ कात्तिक २०८२ ०७:५८ PM मा प्रकाशित

प्रतिक्रिया